प्रचण्डको जन्मदिनमा छोरीहरुले दिए यस्तो शुभकामना

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आज परेको जन्मदिनमा सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना आइरहेका छन् ।

यसैक्रममा प्रचण्ड पुत्रीद्वय रेणु र गंगा दाहालले नेपाली जनताको आशा र भरोसाको रुपमा आफ्नो बुबाको जन्मदिनको शुभकामना दिएका छन् ।

भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी रेणुले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रचण्डलाई क्रान्ति नायक भन्दै निरंकुसतन्त्रंको बिरूध्द गणतन्त्र, संघियता र धर्मनिरपेक्षता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल, ब्यवस्था परिबर्तन सार्थक भएको बताएकी छिन् ।

मुलुक परिबर्तनका लागी निरंकुसतन्त्रंको बिरूध्द गणतन्त्र, संघियता र धर्मनिरपेक्षता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल,आदरणिय बुवा हामी सबैका र जनताका असल अबिभावक नेपाली क्रान्तिका नायक जसको नेतृत्वमा मुलुक परिबर्तनका लागी निरंकुसतन्त्रंको बिरूध्द गणतन्त्र, संघियता र धर्मनिरपेक्षता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल, ब्यवस्था परिबर्तन सार्थक भयो।”  उनले भनेकी छिन् ।

साथै व्यवस्थासँगै अवस्था परिवर्तनका लागि भित्रि बाहिरी अतिवाद विरुद्ध अहिले पनि उत्तिकै संघर्षरत रहेको बताएकी छिन् । अझै उच्च मनोबलका साथ राष्ट्र र जनताको पक्षमा लाग्न शुभकामना दिएकी छिन् ।

आज ब्यवस्था संगै अबस्था परिबर्तनका लागी पनि भित्री बाहीरी अतिबादका बिरूध्द पनि उत्तिकै संघर्षरत हुनुहुन्छ। यसप्रकारको संघर्षले पनि सार्थकता पक्कै पाउने छ भन्ने कामना सहित सुस्वास्थ्य र उच्च मनोबलका साथ राष्ट्र र जनताको नेतृत्व प्रदानमा थप सफलताको शुभकामना ब्यक्त गर्दछु ।” उनले भनेकी छिन् ।

त्यस्तै स्वकीय सचिव समेत रहेकी प्रचण्डपुत्री गंगाले नेपाली जनताको आशा, भरोसा अनि आदर्शका रुपमा सम्झिँदै प्रचण्डलाई शुभकामना दिएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “नेपाली जनताको आशा, भरोशा अनि हाम्रो आदर्श !! बुवा तपॉईलाई जन्मदिनको धेरै धेरै शुभकामना।

त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कमेन्टमार्फत प्रचण्डलाई विभिन्न कोणबाट शुभकामना व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?