प्रशिक्षक योहान कालिनले दिए राजिनामा, बालगोपाल महर्जन कार्यवाहक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले राजिनामा दिएका छन् । कालिनले नोभेम्बर १ मा बुझाएको राजिनामा एन्फा कार्यसमितिको बिहीवार बसेको बैठकले स्वीकृत गरेको हो ।

कालिन सन् २०१९ मार्चमा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । कालिनको नेतृत्वमा नेपालले १२ खेल खेल्दा १ जित, ३ बराबर र ८ हारको नतिजा निकालेको थियो ।कालिन हाल स्वीडेनमा रहेको र त्यहाँबाट सरकारले युरोपबाहिर जान प्रतिबन्ध लगाएका कारण उनी पछिल्लो महिना भएको मैत्रीपूर्ण खेलको तयारीमा आउन पाएका थिएनन् ।

कालिनको प्रस्थानसँगै एन्फाले हाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?