सडकमा बसिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक स्थानीयको मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-१ सालवारीका ३३ बर्षीय ललित चौधरीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरीको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

गएराति राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका चौधरीलाई ठक्कर दिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?