नेपालमा पहिलो पटक ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा शनिवार काठमाडौंको शान्तिनगरमा च्याम्पियनसिप हुन लागेको हो । च्याम्पियनसिपका लागि नयाँ महिला रेस्लरहरुबीच प्रतिष्पर्धा हुनेछ ।

नेपालमा यस प्रकारको महिला च्याम्पियनसिप पहिलो पटक हुन लागेको फाउन्डेसनकी संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका)ले बताइन् ।

खड्काले नेपालमा महिलाहरुलाई रेस्लिङको ट्रेनिङ दिंदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?