सातामा २ दिन बिदाको सिफारिस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन समितिले सरकारी तथा सार्वजनिक निकायहरूमा साताको दुई दिन बिदा दिनु उपयुक्त हुने सिफारिस गरेको छ ।

कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेबारे गरिएको अध्ययनमा सरकारी तथा सार्वजनिक निकायमा साताको दुई दिन बिदा दिनुपर्नेमा जोड दिइएको हो ।

बिदासम्बन्धी अध्ययन, सिफारिस र निर्णय लिने अधिकार गृह मन्त्रालयको हो तर पर्यटन क्षेत्र लक्षित पर्यटन मन्त्रालयले गराएको अध्ययनमा दुई दिन बिदालाई उपयुक्त मानिएको
छ । कोभिड–१९ का कारण बाह्य पर्यटकको आवागमन शून्यमा झरेकाले आन्तरिक पर्यटकलाई बढवा दिन मन्त्रालयले उपायहरूको खोजी गर्दै छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?