आजको मौसम : सामान्य बदली रहने

काठमाडौँ । आज शुक्रबार देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिणपूर्वी अरवियन सागरमा विकसित न्युन चापीय प्रणालीका कारण मौसममा सामान्य प्रभाव परेको हो ।

महाशाखाका अनुसार आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात हुनेछ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?