अनिशाको अपराध: कुटपिट गरी आफ्नै बुबाको हत्या, अहिले हिरासतको बास

उदयपुर । आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिशा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?