यी हुन् एन्फाले गरेका महत्वपूर्ण १८ निर्णय

लोकपथ
104
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि भएको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।

अब खेलाडीहरुले समान १८ हजार पाउने निर्णय गरेको छ । यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।

यस्तै, फिफा रेफ्रिको तलब ६ हजारबाट बढाएर १० हजार बनाउने निर्णय  एन्फा कार्यसमितिले गरेको छ । कर्मचारीको तलबका विषयमा भने अझै कार्यदल गठन गरी टुङ्ग्याउने एन्फाले जनाएको छ ।

यस्तै, एन्फाले स्थगित भएको बी डिभिजन लिग सुचारु गर्न तथा राष्ट्रिय महिला लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, सी डिभिजनलगायत अन्य प्रतियोगिता गर्न पनि राखेपसँग स्वीकृति माग्ने भएको छ ।

यी हुन् एन्फाले गरेका निर्णयहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?