मन्त्रिपरिषदको निर्णय: विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौँ ।  नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।बिहिवार साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

यस अघि मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो । सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना  स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो।

सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका थिए । गत मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको थियो ।

पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?