“प्रभु बैंक डिबेञ्चर–२०८७” को निष्काशन तथा बिक्रि प्रबन्धकमा मेगा क्यापिटल

काठमाडौं । प्रभु बैंक लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

बैंकले एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन तथा बिक्रि प्रवन्धकलाई नियुक्ती गर्न सम्झौता गरेको हो ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले हस्ताक्षर गरेका हुन् ।

बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र (डिबेन्चर) सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) व्यक्तिगत तबर (प्राइभेट प्लेसमेन्ट) बाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आज हस्ताक्षर भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?