काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
मङ्सिर २८ गते आइतवार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले लोकपथलाई जानकारी दिए ।
लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा धेरै निकायहरुमा संवैधानिक पद खाली रहेको छ ।
संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री स्वयम नै रहने व्यवस्था रहेको छ । त्यस्तै प्रधानन्यायाधिश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुने व्यवस्था रहेको छ ।
साथै सरकारको मुख्य सचिव परिषद्को सदस्य सचिवको रुपमा काम रहने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया