फिफा वरियतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ । बिहिवार फिफाले सार्वजनीक गरेको वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको छ ।

पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल नखेलेको नेपालको वरियता स्थिर रहेको हो । दक्षिण एसियाली देशमध्य नेपाल भन्दा माथि रहेको माल्दिभ्सको १ सय ५५ औं स्थानमा छ । भारत १ सय ४ औं स्थानमा रहेको छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र ईङ्ल्याण्ड चौथो स्थानमा छ । पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र ईटाली दशौं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?