श्रीमानलाई बन्धक बनाउँदै १७ जना मिलेर बलात्कार

काठमाडौं । भारतको झारखण्डस्थित दुमका जिल्लाको मुफ्फसिल थाना क्षेत्रको एक गाउँमा ५ बच्चाकी आमामाथि सामूहिक दुष्कर्म भएको छ ।

महिलाका पतिलाई बन्धक बनाएर १७ जना व्यक्तिले बलात्कार गरेका थिए । घटनाको जानकारी पाएपछि पुलिसले अनुसन्धान शुरु गरेको छ ।

मंगलवार बजारबाट फर्किंदै गर्दा राती करिव ८ बजे यो घटना भएको बताइएको छ । यो घटना अरुलाई बताए ज्यान मार्ने धम्की दिएको समेत श्रीमानले बताएका छन् ।

ति मध्येका एक राम मोहली नाम गरेका आरोपी पक्राउ परेका छन् । तर उनले इन्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?