काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो प्रहरीले महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया