गम्भीर एलर्जीका बिरामीले फाइजरको भ्याक्सिन नलगाउन आग्रह

काठमाडौं । बेलायतमा मंगलवार विश्वको पहिलो स्वीकृत कोरोनाविरुद्धको भ्याक्सिन लञ्च गरिएको थियो । साथै बेलायत कोरोना विरुद्धको स्वीकृत भ्याक्सिन लञ्च गर्ने विश्वकै पहिलो देश बनेको छ । तर यसको केही समय पछि  भ्याक्सिनको डोज लिएर दुई स्वास्थ्यकर्मी बिरामी भएका छन् । दुवै स्वास्थ्यकर्मीको नाम बाहिरिएको छ ।

सूचनाका अनुसार भ्याक्सिनबाट रिएक्शन आएको छ । उनीहरुको अवस्था स्थिर रहेको छ । एलर्जीका गम्भीर बिरामीले भने फाइजरको भ्याक्सिन नलिन अनुरोध गरिएको छ ।

जसका कारण बेलायतमा पनि धेरै मानिसहरु भ्याक्सिन लिनबाट वञ्चित भएका छन् । त्यहाँ ७० लाख मानिसलाई गम्भीर एलर्जी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?