विवादमा हार्दिक पाण्डे : हाईकोर्टले माग्यो तथ्यात्मक रिपोर्ट

काठमाडौं । भारतीय क्रिकेट टीमका ब्याट्सम्यान हार्दिक पाण्डेले ट्वीटर ह्याण्डिलबाट बाबा साहेव अम्बेडकरबाट सम्बन्धित पोस्ट शेयर गरेपछि विवादमा आएका छन् ।

यो मामिलामा उनीविरुद्ध एफआईआर दर्ता भएको छ । यस केसमा पुलिसले अनुसन्धान थाल्ने भएको छ ।

राजस्थान हाईकोर्टका न्यायाधीश सन्दिप मेहताले एक विविध आपराधिक याचिकामा सुनुवाई गथर्दै उनीविरुद्ध अनुसन्धान थाल्न आदेश दिएका छन् ।

उनले बाबा साहेबविरुद्ध अपशब्द लेखेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?