काठमाडौं । भारतमा नयाँ कृषि कानूनको विरोधमा उत्रिएका किसान आन्दोलनको आज १५ औँ दिन हो ।
किसानलाई मनाउन छैटौँ पटक छलफल गर्दा पनि सरकार असफल भएपछि बुधवार भारत सरकार लिखित कोशिसमा जुटेको थियो । तर हिजो पनि सरकार असफल रह्यो ।
सरकारले कृषि कानूनमा परिवर्तन गरेर २२ पेजको प्रपोजल किसानलाई पठाएको थियो । तर झनै समस्या पैदा भयो ।
किसानले सरकारी प्रपोजल सिदै खारेज गरे र झनै आन्दोलनले उग्र रुप लियो ।
अब किसानले देशभरका हाईवे जाम गर्न थालेका छन् । साथै आफू सरकारको दोश्रो प्रस्तावको पर्खाइमा रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया