काठमाडौं । सर्च इन्जिन गूगल इण्डियाले बुधवार इयर इन सर्च २०२० को घोषणा गरेको छ ।
जसअनुसार यो वर्ष भारतमा आईपीएल र यससँग जोडिएका खबरहरु गूगलमा धेरै सर्च गरिएको छ ।
यस मामिलामा कोरोनालाई पनि आईपीएलले पछि पारेको छ । फिल्म क्याटेगरिमा दिल बेचारा सबैभन्दा धेरै सर्च भएको छ ।
यो भन्दा अगाडिको वर्ष पनि आईसीसी क्रिकेट विश्वकप सबैभन्दा धेरै सर्च भएको थियो ।
आईपीएल पछि कोरोना भाइरस, यूएश इलेक्शन रिजल्ट, प्रधानमन्त्री किसान सम्मा निधि, बिहार इलेक्शन र दिल्ली इलेक्शनको रिजल्ट पनि धेरै सर्च गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया