काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
डब्ल्यूएचओले अधिकांश देशहरुलाई कोरोना संक्रमण रोक्नको लागि विभिन्न नियमहरु पालना गर्नुपर्ने बताइरहेको छ ।
यसैबीच ब्राजिलमा बुधवार अगस्ट यताकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । ब्राजिलमा बुधवार ५३ हजार ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ८३६ जनाको मृत्यु भएको छ ।
देशमा हालसम्म ६७ लाख २८ हजार ४५२ जनालाई संक्रमण भएको छ भने १ लाख ७८ हजार ९९५ जनाको मृत्यु भएको छ ।
त्यस्तै उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलेदेशमा २७ डिसेम्बरबाट भ्याक्सीनेशन शुरु हुने भएको छ ।
इजरायलले फाइजर कम्पनीबाट टाईअप गरेको छ भ्ने यसको पहिलो खेप तेल अवीव पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया