काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तरगतको खेलमा मोहमद सलाहाले कीर्तिमानी गोल गरेका छन् । बुधवार राति समूह डीको खेलमा लिभरपुलका स्टार सलाहाले खेल शुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए ।

मोहमद सलाहाले कीर्तिमानी गोल गरेका खेलमा लिभरपुलले एफसी मिडजिल्याण्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । त्यस्तै, खेलको ६२ औं मिनेटमा घरेलु टोलीका स्कुलेजले बराबरी गोल फर्काएका थिए ।
लिभरपुल समूह विजेताको रुपमा खेल अघिनै नकआउट चरण पुगिसकेको थियो ।
लिभरपुल १३ अंक सहित समूह विजेता बन्यो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया