बंगलादेशसँग पचास हजार मेट्रिक टन युरिया मल ‘जिटुजी’ प्रक्रियाबाटै ल्याइने

काठमाडौं – बंगलादेश सरकारसँग पचास हजार मेट्रिकटन युरिया मल सरकार – सकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

गत मंसिर १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै हिजो (बुधवार) सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यस्तो जानकारी गराएका हुन् ।

सोही दिनको बैठकले ग्रामीण उद्यम तथा आर्धिक विकास आयोजना सञ्चालन गर्न विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर ८० मिलियन करिब ९ अर्ब ३८ करोड रुपैयाँ सुहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

यस्तै बैठकले नागढुङ्गा–नौविसे–मुग्लिन सडक खण्डको नौबिसे–मुग्लिन खण्डका खहरे खोला, चिरौंदी खोला, गोमती खोला र हुग्दी खोला गरी जम्मा ४ वटा पुलहरु निर्माणका लागि आवश्यक पर्ने जग्ग प्राप्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिने निर्णय समेत गरेको छ । यस्तै केही सचिवहरुको पदस्थापन गर्ने सम्बन्धमा समेत निर्णय गरेको छ ।

हेर्नुहोस् विभिन्न समयमा बसेको मन्त्रिपरिषद् बैठकले अन्य के के निर्णय गरेको थियो ?

मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?