काठमाडौं । जितसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधवार राति घरेलु मैदानमा भएको खेलमा रियलले बोरुसिया मोन्चेनग्लाडवाचलाई २–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

रियललाई नकआउट चरणमा प्रवेश गराउन करिम बेन्जिमाले दुई गरेका थिए । खेलको नवौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३१ औं मिनेटमा बेन्जिमाले अग्रता दोब्बर बनाएका थिए ।

रियल १० अंक सहित समूह विजेतको रुपमा नकआउट चरण पुग्यो । मोन्चेनग्लाडवाच समेत ८ अंक सहित अन्तिम १६ मा पुग्यो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया