४० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन अर्थात् करिब १ अर्ब १९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।

गत मंसिर १५ गते बसेको  मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै हिजो (बुधवार) सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यस्तो जानकारी गराएका हुन् ।

सोही दिनको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यअवधि पुस १० गते सम्म रहेकोमा एक वर्ष थप गर्ने निर्णय पनि गरेको थियो ।

हेर्नुहोस् विभिन्न समयमा बसेको मन्त्रिपरिषद् बैठकले अन्य के के निर्णय गरेको थियो ?

मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?