काठमाडौं – के तपाईको चालक अनुमतिपत्रको नवीकरण, सवारी रुट जाँचपास र इजाजतपत्रको नवीकरण लगायतका काम थाँति छ ?
तपाईको लागि खुसीको खबर छ ।
सरकारले सवारी चालक अनुमतिपत्रको नवीकरण एवम् संघको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरुको जाँचपास र रुट इजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्तभित्र परेमा ढिलो भएबापत नवीकरण म्याद नाघेबापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ ।
गत मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै हिजो बुधवार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यस्तो जानकारी गराएका हुन् ।
हेर्नुहोस् विभिन्न समयमा बसेको मन्त्रिपरिषद् बैठकले अन्य के के निर्णय गरेको थियो ?
मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया