‘सिद्धबाबा’को मुद्दामा पुनरावेदन गर्ने तयारी

काठमाडौं । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने भएको छ। सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न माग गर्दै निवेदन दिए पनि आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा फैसला गरेपछि कार्यालयले पुनरावेदन गर्ने तयारी गरेको हो।

सुनसरी चतराका गिरीले आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको विषयमा २०७६ कात्तिकमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो।

सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको १० दिनमै जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो। जिल्ला अदालतले अभियोग दाबी पुष्टि हुने प्रमाण नपुगेकाले गर्दा सफाइ दिएको ठहर गरेको छ।

जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ता कार्यालयले समेत आपत्ति जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?