बालुवाटार बोलाएर ओलीले प्रचण्डलाई गरे यस्तो प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्व नदिए पनि हुने आशय ओलीले व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद धेरै लम्ब्याउन नहुने र एकले अर्कालाई अविश्वास गर्ने तहबाट ओर्लेर सहमतिको आधार तय गरौं भन्दै दाहाललाई सहकार्यको प्रस्ताव राखेका थिए । ओलीले पार्टीभित्र अनेकन समस्या रहेको बताउँदै तत्कालीन एमालेको समग्र पार्टीको संरचना अवस्था र नेताहरूको व्यवहारबारे पनि दाहाललाई जानकारी गराएका थिए । ‘दुई अध्यक्षबीच लामै कुराकानी भयो । उहाँहरू दुवैले व्यक्तिगत कुराकानी पनि गर्नुभयो, पार्टीको अवस्था र जनताको चासोबारे पनि कुराकानी गर्नुभयो । साथै पार्टी एकताको विषयमा पनि कुराकानी भएको छ । यसले सकारात्मक परिणाम ल्याउन अपेक्षा गरेका छौं’, बालुवाटारनिकट एक नेताले भने ।

आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?