‘स्टार्टअप’ बिजनेस गर्दै हुनुहुन्छ ? राष्ट्रिय वाणिज्य बैंकले दिनेछ सहुलियतपूर्ण कर्जा

काठमाडौं – के तपाई ‘स्टार्टअप’ बिजनेस गर्दै हुनुहुन्छ ? त्यसो भए तपाईलाई खुसीको खबर छ ।

राष्ट्रिय वाणिज्य बैंकले ‘स्टार्टअप’ बिजनेस गर्नेहरुका लागि सहुलियतपूर्ण कर्जा दिन लागेको छ ।

बैंकले बुधबार ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैँयासम्म सहुलियतपूर्ण कर्जा लगानी गर्ने सम्झौता गरेको हो।

वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन्।

कसरी दिने आवेदन ?

यस कार्यक्रममा सहभागी हुनको लागि माघ महिनाभर ‘स्टार्टअप आइडिया कल’को वेबसाइटमार्फत् आवेदन दिन सकिने छ। जसमा उत्कृष्ट सोच पठाउनेलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालिम दिएर राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?