पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जना संक्रमित थपिएका छन् ।
जसमा २१४ जना महिला संक्रमित रहेका छन् भने २८८ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा अहिलेसम्म ९१ हजार ५७७ जनालाई कोरोना संक्रमण भएको छ भने ४२८ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ८६ हजार ३६८ जना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ७८१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै भक्तपुरमा अहिलेसम्म ९६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ८ हजार ३३६ जनालाई हालसम्म संक्रमण भएको छ भने ७ हजार ७८७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै भक्तपुरमा ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ललितपुरमा हालसम्म १४ हजार ९२ जनालाई कोरोना संक्रमण भएको छ भने १२८ जनाको मृत्यु भएको छ ।
त्यस्तै १३ हजार २४ जना संक्रमण मुक्त भएका छन् भने ९४० जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६५१ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ४८३ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।
अहिलेसम्म नेपालमा १८ लाख ५ हजार ९७२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५२५ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया