वृज सिमेन्टद्वारा नेपाल स्टार सांगितिक कार्यक्रममा पुरस्कार घोषणा

काठमाडौं । वृज सिमेन्ट नेपाल स्टारको दोश्रो ठुलो स्पोन्सर व्राण्डले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीहरुलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि “वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे” घोषणा गरि दश हजारका दरले नगद र ट्रफी प्रदान गर्ने भएको छ ।

वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. का प्रवन्ध निर्देशक श्री मनोज कुमार केडियाले त्यस्तो बताएका हुन् । “नेपाल स्टार नेपालको आफनै गायन प्रतियोगिता हो जुन प्रतियोगिताको लागि नेपालभरबाट अडिसन लिई गत वर्ष फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । नेपाल स्टार यो पहिलो सिजन हो । “ उनले भने ।

उक्त नगद पुरस्कार घोषणा कार्यक्रममा नेपाल स्टारका निर्णायक नेपालकै वरिष्ठ संगीतकार आलोकश्रीका , वरिष्ठ गायक रामकृष्ण ढकाल एवं वरिष्ठ गायिका अन्जु पन्तको उपस्थिति रहको थियो भने नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रवन्ध निर्देशक रविन्द्र कुमार रिजाल समेतको उपस्थिति रहेको थियो ।
पुरस्कार घोषण गर्दै कम्पनीका प्रवन्ध निर्देशक केडियाले वृज सिमेन्ट जहिलेपनि देशका हरेक विद्याका उर्जाहरुलाई सहयोग र प्रेरणा गर्न तत्पर रहेको र नेपाल स्टारमा वृज सिमेन्ट पावर वाई स्पोन्सर खण्डमा रहेको र नेपाली कला , संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमा हात मिलाएर अगाडि वढ्न तयार रहेको बताए ।

“संगीत हाम्रो संस्कृति हो , संगीत हाम्रो गहना हो र पहिचान हो यसलाई अझ अगाडि ल्याई सवैले यस किसिमको कार्यक्रम मार्फत अगाडि वढाउन सकियो भने नेपाल आफैँ पनि यस्तो वृहत सांगितिक कार्यक्रम गर्न सक्षम रहेको प्रमाणित हुन्छ र नेपालको आफनै सांगितिक रियालीटि सो नेपाल स्टारले यसलाई प्रमाणित गरको छ ।” उनले भने । साथैे नेपालमा भएका प्रतिभाहरु स्वस् स्फुर्त रुपमा अगाडि आउने र समग्र नेपाली गीत संगीत क्षेत्रको विकास हुन साथै नेपाल स्टारमा हामीले यसै कारण सहभागिता भएको र भविष्यमा समेत हामी निरन्तर रुपमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?