काठमाडौं । ताइवान कोरोना नियन्त्रणमा सफल भएको राष्ट्र हो ।
कोरोनाको उद्गमस्थाल मानिएको चीनको छिमेकी देश भएपनि ताइवानले आफ्नो देशमा कोरोना नियन्त्रण गर्न सफल भएको हो ।
कोरोनालाई लिएर त्यहाँ कतिसम्मको नियम बनाइएको छ भन्ने कुरा हालै मात्र आएको एक खबरले देखाउँछ ।

त्यहाँ हालै एक व्यक्ति क्वारेन्टाइनमा रहेको बेला ८ सेकेण्डको लागि मात्र बाहिर निस्किएका थिए ।
जसमा उनलाई ४ लाख जरिबाना तिराइएको छ । फिलिपिन्समा बस्ने उनी ताइवांगको गाउशुंग शहरको होटलमा क्वारेन्टाइनमा बसेका थिए ।
उनी मात्र केहि सेकेण्डको लागि मात्रै बाहिर निस्किएका थिए तर उनलाई यति धेरै रुपैयाँ कारवाही स्वरुप जरिबाना तिराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया