९० वर्षकी मार्गरेट कीननले लगाइन् विश्वकै पहिलो फाइजर भ्याक्सिन

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । बेलायतमा भने मंगलवारबाट कोरोना भ्याक्सिनेशनको शुरुवात भएको छ ।

त्यहाँ ९० वर्षकी मार्गरेट कीनन फाइजरको भ्याक्सिन लगाउने विश्वकै पहिलो व्यक्ति बनेकी छन् ।

उनले सेन्ट्रल इंग्ल्याण्डको लोकल कोभेन्ट्री अस्पतालमा यसको टीका लगाएकी हुन् ।

उनले भ्याक्सिन लगाइसकेपछि खुशी व्यक्त गर्दै भनिन्, ‘फाइजरको भ्याक्सिन लगाउने विश्वकै पहिलो व्यक्ति हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?