काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना (कोभिड १९) को कारण थप १४ जनाको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ हजार ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि मंगलगार नेपालमा कोरोना संक्रमणबाट २३ जनाको ज्यान गएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ४८३ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।
अहिलेसम्म नेपालमा १८ लाख ५ हजार ९७२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५२५ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया