एआईजीको दरबन्दी नथप्न संसदीय समितिको निर्देशन, यसअघिको सिफारिस अलमलमा

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी नथप्न निर्देशन दिएको छ । बुधवार यसबारे समितिमा छलफल भएको थियो भने आवश्यक छलफलपछि समितिले थप गर्ने निर्णयमा स्पष्ट कारण नदेखिएकाले यस्तो निर्देशन दिएको हो ।

योसँगै यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि भएको सिफारिस पनि अलमलमा पर्ने देखिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।

विधि अवलम्बन गरेर पदोन्नति गर्नुपर्ने देखिएकाले यस्तो निर्देशन दिइएको समितिकी सभापति शशि श्रेष्ठको भनाइ छ ।

समितिका सभापति श्रेष्ठले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएण्डएम) गरेर मात्र एआईजी बढुवा गर्नुपर्ने बताइन् ।

समितिमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्रिपरिषद‍्मा ५ जना डीआईजीको दरबन्दी थप्ने प्रस्ताव लगेपनि एआईजीको भने नलगिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?