अस्पतालको लापरवाही : जीवित व्यक्तिलाई थमाइयो मृत्युको प्रमाणपत्र

काठमाडौं । भारतको दिल्लीस्थित प्रतिष्ठित अस्पताल मध्येको एक लोकनायक जयप्रकाश नारायण अस्पतालको लापरवाहीका कारण एक जीवित व्यक्तिको डेथ सर्टिफिकेट जारी भएको छ । तर पछि गल्ती स्विकार्दै अस्पतालले यसको जानकारी गराएको छ ।

२४ नोभेम्बरमा श्वास फेर्न समस्या आएका कारण फतेहपुर बेरी निबासी ३३ वर्षीय श्रीनिबास कुमार अस्पतालमा भर्ना भएका थिए ।

त्यहि बेला अर्का श्रीनिवास नामक ४४ वर्षीय व्यक्ति पनि अस्पतालमा भर्ना भएका थिए । दुबै जनाको मोबाइल नम्बर पनि एक्सचेन्ज भएको थियो ।

३ डिसेम्बर ३३ वर्षीय श्रीनिवासको कोरोना टेस्ट गरिएको थियो । तर उनको रिपोर्ट आएको थिएन ।

३३ वर्षीय श्रीनिवासले रिपोर्ट नआएकोमा आपत्ति जनाएका थिए । उनलाई इमेलमा दिल्ली नगर निगमले म्यासेज पठाएको थियो । जसमा मृत्युको प्रमाणपत्र थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?