फुटेको २३ महिनापछि पुनः एकिकरण भयो विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच आज (बुधवार) दोस्रो पटक एकीकरण भएको छ ।

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुई पार्टीबीच एकिकरण घोषणापत्रमा हस्ताक्षर भएको हो ।

विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी दुवै पार्टीबाट बराबर सहभागिता रहनेगरी मिलाइएको बताइएको छ ।

पार्टी एकिकरणको सम्झौतापत्रमा साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

भर्चुअल माध्ययमबाट पार्टी एकिकरण घोषणा गरिएको हो ।

घोषणापत्रमा हस्ताक्षर भएपछि विवेकशीलका संयोजक मिलन पाण्डेले हामी दुवै दलको नेतृत्वले हिजोका गल्तीहरुका निम्ति माफी माग्दै आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउने पार्टी बनाउने प्रतिवद्धता गर्‍यौँ भन्दै सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रतिक्रिया दिएका छन् ।

पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । पार्टी फुटेको २३ महिनापछि पुनः पार्टी एक भएको संयोजक पाण्डेले बताएका छन् । साथै भोलीका दिनमा अघिल्ला गल्तीहरुलाई नदोहोर्याइ जनताको भावनालाई कदर गर्ने धारणा रहेको समेत बताएका छन् ।

मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्दै संयोजक मिश्रले विवेकशील साझा पार्टी फुट्नुले जनताको मन दुखेको भन्दै पुनः आफूहरु जुटेको बताएका छन् । साथै उनले विवेकशील साझा पार्टीलाई वैकल्पिक नभई निर्विकल्प पार्टी बनाउन लागेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?