नारायणी नदी किनारमा बन्ने भयो ‘सी बिच’

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगरकै गौरव आयोजनाको रुपमा ‘सी बिच’ मोडल अगाडि ल्याएको छ ।

देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आर्कषक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार नदी किनारलाई ‘सी बीच’ मोडलमा विकास गर्न लागेको मेयर रेनु दाहालले जानकारी दिइन् । ‘लामो समयदेखिको कसरत पुरा भएको छु, मेयर रेनु दाहालले भनिन्, ‘हामी एकपछि अर्को गदै भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं ।’

दाहालले यस मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव बढाउने विश्वास व्यक्त गरिन् । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि (बुधवार) टेण्डर आब्हान समेत गराएको छ । झण्डै ६ करोड रुपैयाँ लागतमा डेढ बर्षभित्र काम सम्पन्न गर्ने टेण्डर आह्वान गरिएको छ ।

जहाँ २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाँउमा पार्किङ स्थल र गार्डेनिङ बनाइनेछ । नारायण नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरेकोे थियो ।

गतवर्ष महानगरपालिकाले करिब १ करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम समेत चलिरहेको छ ।

पछिल्लो समयमा नारायणी नदी किनारमा मानिसहरुको भिड लाग्ने गर्दछ । विभिन्न ठाँउ मोटर वोट सयर गर्दै रमाउनेहरुको संख्या पनि उतिकै छ । यस थप पर्यटक बढाउने महानगरले विश्वास लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?