३३ करोड जनसंख्या, ३०० करोड डेलिभरी प्याकेज, क्रिसमसमा बन्यो नयाँ रेकर्ड

काठमाडौं । क्रिसमस अर्थात् पश्चिमी देशमा बिदाको समय । अमेरिकामा यो बेला धेरै नै ब्यापार हुन्छ । साथै उपहारको लेनदेन पनि धेरै नै हुन्छ ।

यस वर्ष कोरोना महामारीको बीचमा मानिसले ई कमर्स वेबसाइटबाट यति धेरै सामान किनेका छन् कि, डेलिभरी प्याकेजको संख्या ३०० करोड माथि पुगेको छ । अमेरिकामा कुल जनसंख्या ३३ करोड रहेको छ ।

यति धेरै अर्डर आउनु अमेरिकाको अर्थ व्यवस्थाको लागि राम्रो संकेत मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?