काठमाडौं । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके प्रतियोगिता २०२० ’ मा सहभागीता जनाउँदै आएका नेपाली सेफ सन्तोष साह सेमिफाइनल राउण्डबाट पनि छनौट भएका छन् ।
मंगलवार साँझ बीबीसी वानमा प्रसारित दोस्रो चरणको प्रतिस्पर्धीमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् ।
उक्त राउन्डमा सन्तोषले रोस्टेड काँक्रोको बिँया, पोलेको कटहरको बिँया, बन तरुल, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकारको सफल प्रदर्शनी गरेका थिए ।
उनी सेमिफाइनल राउण्डबाट अघि बढ्दै अघिल्लो राउण्डका लागि छनोट भएका छन् । भोलि १० तारिख बिहीवार ८ जना सेमीफाइनलिष्ट प्रतियोगीबीचमा अर्को चरणको प्रतिस्पर्धा गराएर फाइनल राउन्डको लागि ६ जनालाई छनौट गरिनेछ ।
प्रतियोगिताको फाइनल राउण्ड आगामी डिसेम्बर १७ तारिख हुनेछ । उक्त प्रतियोगितामा सहभागिता जनाउने सन्तोष साह नै पहिलो नेपाली हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया