गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुविरुद्ध खनिए बाबुराम

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरीपेक्षतालाई विदेशी एजेण्डा भनिएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

बुधवार एक ट्वीट गर्दै नेता भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरीपेक्षतालाई विदेशी एजेण्डा भन्नेप्रति आक्रोश व्यक्त गर्दै सुझाव समेत दिएका छन् ।

विज्ञान/प्रविधि/विदेशी भाषा नपढन, गुरूकुल मात्र जान, अस्पताल नगइ,धामीझांक्री लगाऊन, गाडी नचढी,पैदल मात्र हिंड्न, विदेशी/मशिनले सिएका लुगा नलगाई,लगौंटी मात्र लगाएर हिंड्न र फोन/इन्टरनेट/टीभी प्रयोग नगर्नु भन्दै सुझाव दिएका हुन् ।

उनले भने, ” गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ;२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ;३.गाडी नचढ,पैदल मात्र हिंड;४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड;५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?