अनलाईन विजनेशमा डाटा ह्याक गर्ने एक पक्राउ

काठमाडौं । सरकारी तथा निजी संस्थाहरुको सफ्टवेयर ह्याक गर्ने एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम सुनवल घर भइ हाल काठमाडौं रानिवारी बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका छन् ।

सरकारी तथा निजी सूचनाका आधिकारीक विद्युतीय माध्ययमहरुमा अनाधिकृत रुपमा पहुँच पुर्याइ प्रचलित ऐन बमोजिमका कामहरु गरेको भन्ने सूचनाका आधारमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा ब्युरोको विशेष अप्रेसन ह्याकर्स हन्टका आधारमा उनले अनलाई विजनेशमा रहेको डाटाबेस व्रिच गरी डाटा सार्वजनिक गर्ने गरेको खुल्न आएको ब्युरोका एसएसपी एवम् प्रवक्ता नविन्द्र अर्यालले जानकारी दिए ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद बमोजिम कारबाही गर्नका लागि जिल्ला अदालत काठमाडौंले अनुमती दिएको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?