काठमाडौं । नेपालमा हालसम्म ५ हजार बढी बालबालिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा १० वर्षमुनीका ५ हजार ९ सय भन्दा बढी बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार नेपालमा २ २ लाख ४३ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ हजार ९ सय ७३ जना बालबालिका रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीमध्ये ३ हजार ५ सय २४ जना बालक र २ हजार ४ सय ४९ जना बालिका रहेका छन् ।
त्यस्तै सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ३ हजार ८१ जना १० वर्ष मुनिका बालबालिका संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५८२, प्रदेश २ मा ४५१, गण्डकी प्रदेशमा २८०, लुम्बिनी प्रदेशमा ६०८, कर्णाली प्रदेशमा २१४, सुदूरपश्चिम प्रदेशमा ७५७ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
नेपालका विभिन्न ४ जिल्लामा १० वर्षमुनीका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको छैन् ।
कुन जिल्लाका कति बालबालिकामा देखियो कोरोना संक्रमण ?
धनकुटामा १ बालिका २ बालक
इलाममा ८ बालिका १ बालक
झापामा २० बालिका र ३६ बालक
मोरङमा १४० बालिका १९३ बालक
सुनसरीमा ७८ बालिका ८८ बालक
उदयपुरमा ४ बालिका १ बालक
सप्तरीमा २० बालिका ४७ बालक
सिरहामा ५ बालिका २१ बालक
धनुषामा १८ बालिका ५० बालक
महोत्तरीमा ९ बालिका ३३ बालक
सर्लाहीमा २६ बालिका ३३ बालक
रौतहटमा २९ बालिका ४४ बालक
बारामा १९ बालिका २५ बालक
पर्सामा ३२ बालिका ४१ बालक
दोलखा १२ बालिका ९ बालक
ताप्लेजुङमा १ जना बालक
संखुवासभामा १ जना बालिका २ जना बालक
सोलुखुम्बुमा १ जना बालक
ओखलढुंगामा १ जना बालिका
खोटाङमा २ जना बालिका १ जना बालक
भोजपुरमा १ जना बालिका
सिन्धुपाल्चोकमा ६ बालिका ६ बालक
रसुवामा १ बालिका
धादिङमा १० बालिका १२ बालक
नुवाकोटमा १० बालिका १९ बालक
काठमाडौंमा ८७३ बालिका १२११ बालक
भक्तपुरमा ९७ बालिका १५९ बालक
ललितपुरमा १४६ बालिका र २१२ बालक
काभ्रेपलान्चोकमा ३६ बालिका ३७ बालक
रामेछाप ६ बालक
सिन्धुलीमा ४ बालिका र ४ बालक
मकवानपुरमा २८ बालिका ४५ बालक
चितवनमा ३६ बालिका १०२ बालक
गोरखामा १९ बालिका १७ बालक
मुस्ताङमा २ बालक
म्याग्दीमा १ बालिका २ बालक
कास्कीमा ४२ बालिका ४७ बालक
लमजुङमा ६ बालिका ११ बालक
तनहुँमा १२ बालिका १७ बालक
नवलपरासी पूर्वमा २६ बालिका ४३ बालक
स्याङ्जामा ५ बालिका १६ बालक
पर्वतमा १ बालिका ३ जना बालक
बाग्लुङमा २ बालिका ८ जना बालक
रुकुम पूर्व १ बालक
रोल्पामा २ बालिका १ बालक
प्युठानमा १६ बालिका १५ बालक
गुल्मीमा १५ बालिका १४ बालक
सुर्खेतमा ४३ बालिका ५३ बालक
बाजुरामा ३३ बालिका ३३ बालक
बझाङमा ३३ बालिका ५९ बालक
दार्चुला ५ बालिका ५ बालक
बैतडीमा १० बालिका १२ बालक
डडेल्धुरामा ७ बालिका १७ बालक
डोटीमा ६४ बालिका ८७ बालक
अछाममा ४१ बालिका ७९ बालक
कैलालीमा ८६ बालिका १३० बालक
कञ्चनपुरमा २७ बालिका २९ बालक
अर्घाखाँचीमा १२ बालिका १६ बालक
पाल्पामा १७ बालिका १५ बालक
नवलपरासी पश्चिममा १२ बालिका २० बालक
रुपन्देहीमा ९१ बालिका र ११७ बालक
कपिलवस्तुमा २४ बालिका ३१ बालक
दाङमा ३४ बालिका २९ बालक
बाँकेमा ४३ बालिका ४६ बालक
बर्दियामा १४ बालिका २३ बालक
डोल्पामा २ बालक
मुगुमा २ बालक
हुम्लामा १ बालक
जुम्लामा ४ बालिका ३ बालक
कालिकोटमा ३ बालिका १२ बालक
दैलेखमा १२ बालिका ४७ बालक
जाजरकोटमा ३ बालिका १ बालक
रुकुम पश्चिममा ३ बालिका २ जना बालक
सल्यानमा ६ बालिका १५ बालक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया