लोकसेवाले माग्यो ५१३ शाखा अधिकृत, कुन समूहका लागि कति ? हेर्नुहोस्

काठमाडौं । लोकसेवा आयोगले विभिन्न समूहका लागि राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हो ।
आयोगका अनुसार त्यसमध्ये १५३ जना जेष्ठताका आधारमा बढुवा सिफारिस गरिनेछ । साथै बाँकी पदहरुमा भने खुला तथा समावेशीताको आधारमा पदपूर्ती गरिनेछ ।

त्यस्तै खुलातर्फ विभिन्न समूहमा १९९ जना, महिलातर्फ ५३ जना, आदिवासी जनजातीतर्फ ५३ जनाको दरबन्दी रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?