भारतमा रहस्यमयी रोग भेटियो, हालसम्म एक जनाको मृत्यु, ५ सय बढी बिरामी

काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित पश्चिम गोदावरी जिल्लाको एलुरु शहरमा एक रहस्यमयी रोग देखा परेको छ ।

करिव तीन लाख जनसंख्या भएको उक्त शहरमा यो रोगले शनिवार बेलुकादेखि ५ सय बढीलाई बिरामी बनाएको र एक जनाको मृत्यु पनि भइसकेको बताइएको छ ।

ती सबै व्यक्तिमा एउटै किसिमको लक्षण देखिएको र ति मानिसहरुलाई छारे रोग लागेजस्तै हुने गरेको साथै बेहोस भइरहेको पनि बताइएको छ । तर यो रोगबाट मानिसहरु चाँडै निको भईरहेका बताइएको छ ।

प्रभावित ५१० मानिसमध्ये ४३० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?