काठमाडौं । अमेरिकाले चिनियाँ कुटनीतिज्ञमाथि निगरानी र प्रतिबन्ध बढाएको छ । संयुक्त राज्य अमेरिकाले जो मानवअधिकार उल्लन्धनका घट्नामा संलग्न छन् ती चिनियाँ कुटनीतिज्ञहरूलाई भिसा दिन अस्वीकार गरेको छ । यो चीनविरूद्ध अमेरिकाको नयाँ कदम हो ।
परराष्ट्रमन्त्री माइक पोम्पीओले सो प्रतिबन्ध मानवअधिकार उल्लन्धन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीहरुमाथी पनि लागु हुने बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बद्ध संयुक्त मोर्चा कार्य विभागमाथि धम्की र शारीरिक हिंसाको आरोप लाग्ने गरेको छ । यस संस्थाले चीन प्रशासित उइगुर क्षेत्र र तिब्बतमा चिनियाँ उत्पीडनको कथाहरूको पर्दाफास गर्ने मानिसहरूलाई शारीरिक हिंसाको सिकार बनाउने गरेको अमेरिकाको आरोप छ ।
चीनले चीनबाट बाहिर रहेका आफ्ना नागरिकहरू र मानवअधिकारकर्मीहरूलाई बढी निशाना बनाउँछ। त्यस्ता व्यक्तिहरूलाई चिढाउन चिनियाँ प्रशासनले उनीहरूको निजी जानकारी, परिवारका सदस्यहरूको निजी सूचना सार्वजनिक गर्दछ जसले गर्दा उनीहरूको असुरक्षा बढ्ने गरेको छ ।
माइक पोम्पीओले यस्ता काम गरिरहेका र अन्तर्राष्ट्रिय कानूनको अवहेलना गरिरहेका व्यक्तिहरुलाई अमेरिकामा स्वागत नगरिने बताए ।
चीन र अमेरिकी नेतृत्वबीच बढ्दो तनावको बीचमा अमेरिकाले यो नयाँ प्रतिबन्धले चीनलाई थप अप्ठ्यारोमा पार्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया