९ जेष्ठ २०७९, सोमवार

बसको ठक्करबाट युवतीको मृत्यु

२०७४,आश्विन,१४,शनिवार १५:२५

0
Shares

हेटौँडा, १४ असोज ।हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँडदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।हेटौँडाबाट चितवन जाँदै गरेको ना ३ ख ७३८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ४०६७ नम्बरको मोटरसाइकललाई मकवानपुरको रमनटारमा आज साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर मनरी गाउँपालिका–७ रमनटारकी १८ वर्षीय जुनु स्याङ्तानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका मनिष लामा गम्भीर घाइते भएका छन् । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार १५:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच

ताजा समाचार

हेटौँडाका जनप्रतिनिधिले लिए शपथ
 २०७९,जेष्ठ,९,सोमवार ११:०५
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता
 २०७९,जेष्ठ,९,सोमवार १०:१९