काठमाडौं । हारसँगै म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिगको यात्रामा पूणविराम लागेको छ ।
मंगलवार राति भएको समूह एचको अन्तिम खेलमा आईपेजिगसँग ३–२ गोल अन्तरले पराजित हुँदै युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणमा ९ अंक जोडेका दुवै टिमलाई नकआउट चरण पुग्न जित आवश्यक थियो ।

घरेलु टोलीले सुरुवातमै एन्जिलोनीको गोलमा खेलमा अग्रता बनाएको थियो ।
१३ औं मिनेटमा अमदो हैदरले लाईपेजिगको अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा जस्टिन क्लुइवर्टले लाईपेजिगका लागि तेस्रो गोल गरेका थिए ।
गत सिजन अन्तिम ४ सम्मै पुगेको लाईपेजिगले यस सिजन समेत अन्तिम १६ सम्मको यात्रा निश्चित गरेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया