रोनाल्डोको २ गोलमा बार्सिलोना स्तब्ध !

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना युभेन्टससँग स्तब्ध भएको छ । मंगलवार राति बार्सिलोनाको घरेलु मैदानमा भएको समूह जीको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

Champions League: Cristiano Ronaldo out-duels Lionel Messi in icons' first  meeting in two years (video)

युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे । रोनाल्डोको पेनाल्टी गोल मार्फत पाहुना टोली युभेन्टसले खेलमा अग्रता लिएको थियो ।

वेस्टन म्यानकेनीले त्यसको ७ मिनेटपछि युभेन्टसको अग्रता दोब्बर बनाउने काम गरे । रोनाल्डोले ५२ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गर्दै युभेन्टसलाई ३-० को जित दिलाएका थिए ।

रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरेका छन् । समूह जीमा युभेन्टस र बार्सिलोनाले समान १५ अंक बटुलेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?