काठमाडौं – अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले कार्यकाल सम्हालेको सय दिनभित्र कोभिडको १० करोड भ्याक्सिन उपलब्ध गराउने वाचा गरेका छन् ।
आफ्नो कार्यकालको केही महिनासम्म कोरोनाको महामारी अन्त्य नहुने बताउँदै कोभिड – १९ को कोर्समा भने परिवर्तन ल्याउने उनको भनाई छ ।
जनवरी २० मा राष्ट्रपति पदमा आसिन भएपछि आफ्नो साथमा हुने मेडिकल टिमको परिचय दिँदै उनले अमेरिकीलाई सय दिनसम्म मास्क लगाउन आग्रह गरेका थिए । गत बुधबार फाइजर/बायोएनटेक भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिइएको थियो ।
अन्तर्राष्टिय सञ्चारमाध्यमले उनको भनाई उदृद गर्दै भनेका छन्, ‘मेरो पहिलो १०० दिनको कार्यकालमा कोभिड–१९ अन्त्य हुँदैन । म यस्तो वचन दिन सक्दिनँ । हामी यो महामारीबाट छिट्टै बाहिर निस्कन सक्दैनौं ।
हामीले पहिलो सय दिनमा महामारीको कोर्स भने परिवर्तन गर्न सक्छौं र अमेरिकाको जीवनमा केही सकारात्म परिवर्तन ल्याउन सक्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया