बढ्यो आयुर्वेदिक औषधिको प्रयोग

appharu
0
Shares

पछिल्लो समय मुलुकमा आयुर्वेदिक औषधिको प्रयोग बढ्न थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको औषधि नभएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोग बढेको हो ।

कतिपय आयुर्वेद चिकित्सक तथा औषधालयहरूले समेत कोरोना निको पार्ने भन्दै विभिन्नखाले औषधि बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

आयुर्वेदिक औषधिले कोभिड संक्रमित र अन्य प्रयोगकर्तालाई कस्तो फाइदा पुगिरहेको छ भन्ने ठोस अध्ययन अनुसन्धान नभए पनि यसको बिक्री भने बढेको छ । मूलतः रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सर्वसाधारणले आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरेका छन् ।

जसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी छ, त्यसलाई कोरना भाइरस संक्रमण भइहाले पनि ठूलो असर गर्दैन भन्ने मान्यताका कारण आयुर्वेदिक औषधिको प्रयोग बढेको हो । आयुर्वेदिक औषधिको साइड इफेक्ट नहुने भएकाले पनि सर्वसाधारणले निश्चिन्त भएर उपयोग गर्ने गर्दछन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसार चैतयता आयुर्वेदिक औषधिको खपत ९९ प्रतिशतले बढेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव कोभिडपछि आयुर्वेदिक औषधि ९९ प्रतिशत नागरिकले प्रयोग गरको दाबी गर्छन् । कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?