काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले देशव्यापी प्रदर्शन गर्दैछ ।
तनहुँमा मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिलाई विरोध प्रदर्शनको एजेण्डा बनाएको तरुण दलले मंसिर २९ गतेका लागि नेपाल तरुण दलले गर्न लागेको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन मातहतलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मंगलबार परिपत्र गरेर मातहतलाई माउ पार्टी कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनलाई सफल बनाउन निर्देशन दिएका छन्।
मंसिर १९ गते सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लाहरुमा विरोध प्रदर्शनको निर्णय गरेको छ ।
अध्यक्ष बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षलाई परिपत्र गर्दै भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सशक्त रुपमा सहभागी हुन निर्देशन दिए ।
विरोध प्रदर्शनलाई भव्य रुपमा सफल पार्न त्यस जिल्ला समितिले नेपाली कांग्रेस जिल्ला कार्यसमितिसँग समन्वय गरी आफू र आफु मातहतका सम्पूर्ण समितिहरूलाई कृयाशील र परिचालन गरि व्यापक सहभागिता गराउन परिपत्र उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया